×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडको दोस्रो त्रैमास : खुद नाफा घट्यो, यस्तो छ कारण…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंक लिमिटेडको दोस्रो त्रैमास : खुद नाफा घट्यो, यस्तो छ कारण…

Artha Sarokar

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा आउदा खुद नाफा घटेको विवरण सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७५/७६को पुस मसान्तमा खुद नाफा १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ कमाएको यस बैंकले यस अवधिमा भने १ अर्ब २ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४.०१% ले थोरै रहेको सार्वजनिक रिपोर्टमा उल्लेख छ । 
बैंकद्वारा सार्वजनिक रिपोर्ट अनुसार यस अवधिमा खुद ब्याज आम्दानी २१.१८% ले बढेको  छ भने सञ्चालन नाफामा सामान्य अंक अर्थात् ०.०८% ले गिरावट आएको छ । 
यद्यपि बैंकको बैंकको सञ्चालन खर्च बढ्दा खुद नाफामा असर परेको देखिन्छ ।

यस्तै हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा निक्षेप संकलन र  कर्जा प्रवाह क्रमश: १८.९५% र २१.३९% ले वृद्धि भएको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

त्यसैगरी बैंकको जगेडा कोष भने घटेको छ । बैंकको उक्त कोष २५.७५% ले घटेको हो । सिद्धार्थको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ १३ पैसाले घटेर २१ रुपैयाँ ५७ पैसामा कायम भएको छ । प्रतिसेयर नेटवर्थ पनि ७.७६ रुपैयाँले घटेर १५० रुपैयाँ ७२ पैसामा खुम्चिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी