×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उखु किसानको पैसा भुक्तानीपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि पुन: सञ्चालनमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उखु किसानको पैसा भुक्तानीपछि सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि पुन: सञ्चालनमा !

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । 
सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिनुभएको थियो । गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिनुभयो । 
सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: