×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपालद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

GLOBAL IME BANK

सन नेपालद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

२१ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम बापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई रु ३१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
साथै कम्पनीद्वारा नेपालगञ्जमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: