
काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाबीच बुधबार प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको हो ।
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने सम्झौतामा उल्लेख छ ।
सनराइज बैंकको देशभर १ सय ३० शाखाबाट सेवा दिँदै आएको छ भने सिर्जना फाइनान्सले २१ वटा शाखा बाट सेवा दिँदै आएको छ ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब ८५ अर्ब, कर्जा लगानी करिब ७८ अर्ब रहेको छ । यसै अवधिमा सिर्जना फाइनान्स लिमिटेडले भने निक्षेप तथा कर्जा क्रमशः करिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको छ ।
प्राप्तिपश्चात बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्