×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पादक प्याकुरेल सम्मानित

PRIME CA

सम्पादक प्याकुरेल सम्मानित

अर्थ सरोकार

१९ पुष २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल सम्मानित भएका छन् । तेज विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औँ बार्षिक साधारणसभाको अवसर पारेर प्याकुरेललाई सम्मान गरेको हो । संस्थाले संस्थाको सञ्चालक समितिको २०७६ -०८-१३ गते बसेको बैठकमा आर्थिक क्षेत्रमा लामो समयदेखि खरो रुपमा काम गरिरहेका सुरज प्याकुरेललाई बार्षिक साधारणसभाको दिन नगद राशिसहित सम्मानपत्रले सम्मान गर्ने निर्णय गरेको थियो । 
सोहि निर्णय बमोजिम पुष १९ गते जोरपाटीमा आयोजित संस्थाको साधारणसभा कार्यक्रमकाबीच उनलाई सम्मान गरिएको हो । कागेश्वरी नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा र संस्थाका अध्यक्ष हरिसुदन दाहालले संयुक्त रुपमा सम्पादक प्याकुरेललाई सम्मान गरेका हुन् । प्याकुरेल हाल अर्थ सरोकार डटकमका सम्पादकका रुपमा कार्यरत छन् । यसअघि उनी एक्यान पत्रकारिता पुरस्कार २०१४, र २०१६ र र सिए पत्रकारिता सम्मान २०१९बाट समेत सम्मानित भइसकेका छन् । उनी पछिल्लो समय बैंकिङ र सहकारी क्षेत्रमा ‘खरो पत्रकारिता गर्ने’ व्यक्तिका रुपमा परिचित छन् ।   
यता सम्पादक प्याकुरेलले यस्ता सम्मानले आफुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् । ‘यो सुरज प्याकुरेलले मात्र होइन, सुरज प्याकुरेलको टिमले पाएको सम्मान हो । यसले हामीलाई थप जिम्मेवार बन्न प्रोत्साहित गर्छ ।’ सम्मान ग्रहणपछि अर्थ सरोकारका सम्पादक प्याकुरेलले भने ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: