×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमास: खुद नाफामा छलाङ, अन्यको अवस्था कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमास: खुद नाफामा छलाङ, अन्यको अवस्था कस्तो ?

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा ५ करोड ५७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा  १३५.३२% ले धेरै हो । गत वर्ष स्वरोजगारले २ करोड ३६ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
स्वरोजगारले खुद नाफा बढाएसँगै अन्य सूचकमा पनि वृद्धि गरेको वित्तीय विवरण प्रकाशित गरेको हो । विवरण अनुसार संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढाएको छ । संस्थाका यी दुई सूचक क्रमशः ५८.१६% र १५५.६९% ले बढेका छन् । 
पुस मसान्तसम्म १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड १६ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १० करोड रुपैयाँ छ । 
संस्थाको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: