काठमाडौं – सिनर्जी पावर डेभलपमेन्टले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ७८.७०% वृद्धि भएको छ । मा खुद नाफा कमाएको छ । गत वर्ष ३ करोड ७३ लाख ८६ हजार ७५६ रुपैयाँ खुद नाफा कमाएमा यस वर्ष बढेर ६ करोड ६८ लाख ११ हजार रुपैयाँ पुर्याएको छ ।
यता,कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.२०% ले बढाएर १३ करोड ५४ लाख ४१ हजार रुपैययाँ पुर्याएको छ । गत वर्ष यसले ११ करोड ३६ लाख २० हजार रुपैयाँ मात्र बिजुली बेचेर नाफा आर्जन गरेको थियो ।
यस पुसमसान्तसम्ममा कम्पनीको प्रशासनिक खर्च १० लाख ४० हजार हजार रहेको छ । गत वर्ष यसैबेला प्रशासनिक खर्च २७ लाख ७९ हजार थियो । हाल सिनर्जीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ ।
कम्पनीको रिभर्ज कोष ऋणात्मक भए पनि यो अनुपातलाई धेरै कम गर्न सफल भएको छ । गत वर्ष ९ करोड ४६ लाख ३९ हजार ऋणात्मक रहेको रिजर्भ कोष यस वर्ष घटेर ६४ लाख ३९ हजार रुपैयाँमात्र ऋणात्मक छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको सिनर्जीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ०८ पैसा मात्र छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्