×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण, ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने विश्वास (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण, ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने विश्वास (भिडियो रिपोर्ट)

२५ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गर्नुभएको हो । मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताउनुभयो । पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै मन्त्री मानन्धरले बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रवाह हुने बताउनुभयो । ‘पैदाल यात्रुले जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्रै बाटो काट्नुहोला, बाटो काट्दा सडकको दायाँबायाँ अनिवार्य हेर्नुहोला’ जस्ता सन्देश माइकमा बस्ने उहाँले बताउनुभयो ।
सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने छन् । ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताउनुभयो । 
हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: