×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो बुझ्न जरुरी रहन्छ : उद्योगमन्त्री भट्ट (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो बुझ्न जरुरी रहन्छ : उद्योगमन्त्री भट्ट (भिडियो रिपोर्ट)

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ । नेपाल इन्टरमोडल विकास समितिको २३ औं वार्षिकोत्सवमा मन्त्री भट्टले राज्यले व्यवसायी, कर्मचारी, नागरिक सबैका समस्या समाधान गर्ने उल्लेख गर्दै यस्तो बताउनुभएको हो । राज्यले दिने सेवा जनता, राष्ट्र र स्वयम सेवा उपभोग गर्नेहरुलाई हुने र सबैको समस्या समाधान गर्ने दायित्व राज्यको भएको उहाँले बताउनुभयो । कर्मचारीहरुलाई संकेत गर्दै मन्त्री भट्टले १०-५ को ड्युटी गरेर तलबमात्रै खान आएको भन्ने कुरा कसैले नसोच्न आग्रह समेत गर्नुभएको छ । उहाँले राजनीति गर्ने मान्छे सर्वेसर्वा हुन नसक्ने बताउँदै रुपान्तरण हुनु जरुरी रहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले सरकारले देशलाई आधुनिक र समृद्धबनाउन योजनाहरु ल्याएपनि केही स्थानीयवासी, केही समुदाय र केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने परम्परा रहेको बताउनुभयो । विराटनगर आपिसी निर्माण गरी भारतले धेरै अगाडी नै हस्तान्तरण गर्ने योजना बनाएको भएपनि नेपाली समुदायकै अवरोधका कारण ढिलाई भएको उहाँको आरोप छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भारतबाट सामान आयात गर्दा सिपिङ कम्पनीहरुले अनावश्यक रुपमा शुल्क उठाउने गरेको गुनासो गर्नुभयो । चीनतर्फका बन्दरगाहहरु सञ्चालनमा आएको भएपनि सबैभन्दा नजिक ३५ सय किलोमिटरको दुरी भएको भन्दै उहाँले ढुवानी खर्चका विषयमा पनि ध्यान दिन सके चारै तिरको ‘कनेन्टिभिटी’ को फाइदा हुने बताउनुभयो ।
सोमबार नेपाल इन्टरनेशनल यातायात विकास समितिले आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवशरमा समितिले रसद २०७६ पनि विमोचन गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: