×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार र उखु किसानबीच भए पाँच बुँदे सहमति (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

सरकार र उखु किसानबीच भए पाँच बुँदे सहमति (भिडियो रिपोर्ट)

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच पाँच बुँदे सहमति भएको छ । सरकारले निर्धारण गरेको उखुको मूल्य बमोजिमको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मन्त्रालयले मिलाउने भएपछि किसान र सरकारबीच सहमति भएको हो ।
उद्योग मन्त्री लेखराज भट्टको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफल पछि पाँच बुँदे सहमति भएको हो । त्यस्तै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने सहमति समेत भएको छ ।

सहमतिसँगै उखु किसानहरुले आन्दोलनका सम्पूर्ण गतिविधिहरु स्थगित गर्ने भएको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: