×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड फाइनान्सको वित्तीय विवरण : खुद नाफा २३.५२%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

PRIME CA
GLOBAL IME BANK

युनाइटेड फाइनान्सको वित्तीय विवरण : खुद नाफा २३.५२%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको रिपोर्ट अनुसार कम्पनीले खुद नाफा ४ करोड ११ लाख ८७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३.५२% धेरै हो । गत वर्ष कम्पनीले खुद नाफा ३ करोड ३३ लाख ४२ हजार रुपैयाँ मात्र कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी २७.०२% ले बढेको छ । गत वर्ष १४ करोड १ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको युनाइटेड यो वर्ष बढाएर १७ करोड ८० लाख २१ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ४ करोड ७६ लाख रुपैयाँबाट बढाएर ५ करोड ९१ लख ३१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । युनाइटेडको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएपछि त्यसको सकारात्मक प्रभाव खुद नाफामा पनि देखिएको हो । 
यो दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २४ करोड १८ लाख रुपैयाँ छ ।
यता, कम्पनीको खराब कर्जा केहि बढेको छ पुगेको छ । गत वर्ष ०.९९% रहेको खराब कर्जा बढेर १.२९% पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २१ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: