
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजना प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताउनुभयो । उहाँले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताउनुभयो । उहाँले एकातर्फ विकासको आवश्यकता पुरागर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताउनुभयो ।
मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौति बढ्दै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गर्नुभयो । उहाँले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्