
काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिनुभयो । उहाँले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको तुलनामा निजी आवास पुनःनिर्माणमा अब्बल रहेको बताउनुभयो । सदस्य डा श्रेष्ठले भन्नुभयो, “जिल्लाभित्र २६ प्रतिशतमात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न भएको छ । यसमा बढी ग्रामीण भेग रहेको देखिन्छन् ।”
यहाँ कूल २८ हजार ४८२ लाभग्राहीमध्ये १० हजार १८४ जनाले मात्र तेस्रो किस्ता लिएका छन् । कार्यक्रममा पुजारी सङ्घका अध्यक्ष यज्ञराज शाक्यले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गर्नुभयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख शिवराम गेलालले प्रभावित जनताले भत्केकै स्थानमा बनाउन अनुदान पाउने जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले वडा नं २२ बुङ्मती क्षेत्रमा पुन ःनिर्माणमा देखिएको समस्या सम्बोधन हुने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले पुनःनिर्माणको कामलाई गति दिन आग्रह गर्दै समस्या हटाउन आवश्यक सहयोग हुने बताउनुभयो । टिआई नेपालका कोषाध्यक्ष किरण थापाले सुशासन मार्फत पुनःनिर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्नुभयो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्