×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १६३.५९ प्रतिशतले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आदर्श लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १६३.५९ प्रतिशतले वृद्धि

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १२ लाख २ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६३.५९% ले धेरै हो । गत वर्षको यस अवधिमा कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ७५.५६% र १६३.४५%ले बढेको छ । गत वर्ष ४१ लाख ४९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्ष बढाएर ७२ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ । साथै सञ्चालन नाफा पनि ७ लाख १७ हजार रुपैयाँबाट बढेर १८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्म बैंकले १० करोड ४० लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ करोड १४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ लाख ३४ हजार रुपैयाँ छ ।
यता, खराब कर्जा भने गत वर्षको भन्दा ०.३७% ले बढेको छ । गत वर्ष १.३७% रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर १.७४% पुगेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी