×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ जारी गर्दै, अनुमति माग्न धितो पत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ जारी गर्दै, अनुमति माग्न धितो पत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्ने भएको छ । हाल कम्पनीको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी