×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको कार्यकक्षमा अख्तियारको छापा, दराजमा सिलबन्दी…!

PRIME CA
GLOBAL IME BANK

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको कार्यकक्षमा अख्तियारको छापा, दराजमा सिलबन्दी…!

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ अख्तियारले छापा मारेको छ । मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ । यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ ।
बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए ।
‘सञ्चारमाध्यममा आएका विषय अध्ययन गर्ने र हेर्ने काम गरिरहेका छौं,’ उनले भने । अध्ययनपछि मात्रै अनुसन्धान हुनेछ । अनुसन्धानका विषयमा भने निर्णय भइनसकेको उनले बताए ।
राजनीतिक रुपमा बचावट भएन भने बाँस्कोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुन सक्छ । ऐनको दफा २१ मा भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय हुने कसुर गर्न उद्योग गर्नेलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: