
काठमाडौँ – विश्व बैंकले भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गर्नुभएको छ । दोश्रो थप ऋण सहायता स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भुकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।
विश्व बैंकले नेपालमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । यसअघि विश्व बैंकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्