×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्रको स्थायीत्वलाई एकसाथ लैजानुपर्छ’ : अर्थमन्त्री डा. खतिवडा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्रको स्थायीत्वलाई एकसाथ लैजानुपर्छ’ : अर्थमन्त्री डा. खतिवडा (भिडियो रिपोर्ट)

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताउनुभएको हो । उहाँले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिनुभयो । 
मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गर्नुभयो । उहाँले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताउनुभयो । उहाँले फरक फरक नाउँमा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताउनुभयो । उहाँले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको बताउनुभयो । उहाँले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताउनुभयो । त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभुत सेवा र आधारभुत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरु तयार हुँदै गएको उहाँले बताउनुभयो । शनिबार सम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायीत्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गर्नुभयो ।हेर्नुहोस् भिडियो  : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: