
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारी सहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताउनुभएको हो । उहाँले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरुलाई अगाडि बढाउने विश्वास समेत गर्नुभयो । उहाँले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री खतिवडाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताउनुभयो । त्यसका लागि सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको समेत उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्