
काठमाडौँ – प्रतिनिधिसभामा बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक २०७६ माथिको छलफल सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसदहरुले यसले वित्तिय क्षेत्रमा असन्तुलन कायम गर्ने भन्दै असहमति जनाएका छन् ।
सैद्धान्तिक छलफलका क्रममा उठेको जिज्ञाषाहरुको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ प्रणालीहरु नियमन हुने प्रणाली भएकोले विशवासमा चल्ने प्रणालीहरु भएको बताउनुभयो । निक्षेपकर्ताले विश्वास नभएको खण्डमा निक्षेप नराख्ने र विश्वासमा निक्षेपकर्ताले निक्षेप राखिराख्छ भन्ने विश्वासमा बैंकले पनि कर्जा प्रवाह गरेको बताउनुभयो । उहाँले बैंकिङ प्राणालीमाथि जनताले कसरी विश्वास आर्जन गर्ने भन्ने कुरा बैंकिङ प्राणालीको स्थायित्वका लागि पहिलो शर्त भएको बताउनुभयो । उहाँले बैंकहरु कुनै कम्पनीजस्तो नभएको उल्लेख गर्दै प्रवर्दकहरु नै पूँजिको मालिक हुने बताउनुभयो । ‘बैंकिङ प्रणालीको पूँजीको १० प्रतिशत औषतमा प्रवद्र्धकहरुको पूँजी हुन्छ । ९० प्रतिशत बैंकमा आउने पूँजी स्रोत भनेको सर्वसाधारण जनताको निक्षेप हुन्छ । त्यो मानेमा बैंकका सञ्चालकहरु प्रबद्र्धकहरु ट्रस्टी जस्ता मात्रै हुन् । उनिहरु मालिक होइनन् । यो कुरा हामीले बुझ्नु जरुरी छ’, उहाँले भन्नुभयो ।
उहाँले १० प्रतिशत पूँजी लिएर ९० प्रतिशत अर्काको पूँजीलाई व्यवस्थित गर्ने मान्छेहरुको योग्यता, उमेर, क्षमता र कार्यकाल नतोकिँदा निक्षेपकर्ताहरुको हित सुरक्षा कस्ले गर्ने भन्दै प्रश्न गर्नुभयो । बैंकअरु नीजि क्षेत्रले चलाउने भएकाले केन्द्रीय बैंकलाई स्वायत्त नियमनकारी निकाय तोकिएको र उसले नै नियमन गर्ने भएकाले सरकारले हस्तक्षेप कहिले पनि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले योग्यता र उमेरको कुरा संविधानमा पनि लेखिएकाले यस विषयमा छलफल गर्न सकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्