
काठमाडौं । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण आफुहरुलाई गाह्रो भएको गुनासो बैंकरहरु राखेपछि अर्थमन्त्री डा. युबराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई बैंकरहरुलाई यस्तो गाह्रो भएको भए उक्त विधि पूरानै राख्न निर्देशन दिएका छन् ।
‘स्प्रेडको विषयमा राष्ट्र बैंकले निर्णय गर्ने हो, डेपुटी गभर्नरज्यूहरु यहीँ हुनुहुन्छ, बैंकलाई यति धेरै अफ्ठेरो परेको रहेछ, राष्ट्र बैंकले पुनर्बिचार गरोस् ।’ छलफलका क्रममा शिवाकोटीलाई हेर्दै उनले निर्देशन दिए । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यसको सम्बोधन हुने लगभग निश्चित भएको छ ।
‘सार्है राम्रो छलफल भयो । अर्थमन्त्री बैंकरका प्राय मागहरुमा निकै सकारात्मक देखिनुभयो ।’ बैठकका एक सहभागीले अर्थ सरोकार डटकमसँग भने, ‘ स्प्रेड दर पूरानै विधिबाट हुने कुरा मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा पछी आउने कुरामा हामी ढुक्क छौं। ‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्