
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्री पदबाट हटाउन केहि व्यापारीहरुले लबिङ गरेको खुलासा भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको एक सदस्यका लागि अर्थमन्त्री खतिवडाको नाम सिफारिस गरेपछि प्रधानमन्त्री निकट स्रोतले यस्तो दाबी गरेको हो ।
फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरिएको भए पनि ओलीले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिनेगरी खतिवडाको नाम सिफारिस गरेका थिए । बामदेब गौतमको नाम सिफारिस गर्ने पार्टीको निर्णय विपरित ओलीले यस्तो गरेपछी नेकपाभित्र लफडा सुरु भएको छ ।
प्रधानमन्त्री स्रोतका अनुसार तीनजना व्यापारीले प्रचण्डको आडमा यस्तो लविङ सुरु गरेका हुन् । स्रोतका अनुसार नेपालका एकमात्र खर्बपति बिनोद चौधरी,गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा अर्का अर्बपति व्यवसायी उपेन्द्र महतो र पछिल्लो एक दशकमा प्रचण्ड निकट व्यवसायी अजेय राज सुमार्गीले खतिवडालाई अर्थमन्त्री पदबाट हटाउन लबिङ गरेका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्