काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरले ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने लागेको हो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो सम्बन्धी कम्पनीले सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्