×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाडौंले १६ लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति !

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाडौंले १६ लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति !

५ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – बैंक अफ काठमाडौंले १६ लाख कित्ता  ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।बैंकले जारी गर्ने ऋणपत्रमध्ये ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो ।  यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: