काठमाडौँ – नेपालको पूँजीबजारको आइतबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आज नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको छ । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ । केहि दिनयता निरन्तर बजार बढी रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस कम्पनीको कुल १२ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको भएको छ ।
यता, आइतबार सबै उपसुचक बढेका छन् । सबैभन्दा बढी कारोबार व्यापार उपसुचकको भएको छ । व्यापार उपसुचकको ८.२५% भएको छ। त्यसैगरी सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स र एनएमनि बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै तारागाउँ रेजेन्सी र बरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्