
काठमाडौँ । बैंक अफ काठमाण्डूका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठविरुद्ध बैंकले आन्तरिक अनुसन्धान नै नसकी सीआइबीमा उजुरीगरेपछि अजय श्रेष्ठ लामो समय थुनामा रहनुपरेको विषयलाई लिएर बैंक अफ काठमाण्डूका हालका सीइओ शोभनदेव पन्तलाई चौतर्फी रुपमा अजय श्रेष्ठ लगायतका कर्मचारीविरुद्ध लागेको आरोप लागिरहेका बेला शोभनदेव पन्तले यस प्रकरणमा मुख खोलेका छन् ।
अर्थ सरोकार डटकमले केहि समयअघि अजय श्रेष्ठको घरमै पुगेर उनीसँग यस विषयमा धारणा मागेको थियो । अर्थ सरोकारसँगको कुराकानीमा श्रेष्ठले बैंकले आन्तरिक अनुसन्धान नगरी गरेको उजुरीका कारण आफुले दु:ख पाएको आशयको अभिव्यक्ति दिएका थिए । सीआइबीले उजुरी हामीकहाँ नल्याउनुहोस् भन्दाभन्दै पनि बैंकले केस अगाडी बढाएको चर्चाबारे अर्थ सरोकारले सोधेको प्रश्नमा श्रेष्ठले आफुले पनि त्यस्तै सुनेको आशयको अभिव्यक्ति दिएका थिए ।
अजय श्रेष्ठ प्रकरणपछि अहिले पन्तविरुद्ध बैंकका अन्य कर्मचारीसमेत संगठित भएका छन् । शोभनदेव पन्तले तत्कालीन लुम्बिनी बैंकका कर्मचारीहरुलाईमात्र पोसेको, अजय श्रेष्ठ लगायतका व्यक्तिहरुलाई फसाएको, लगायतका विवरण उल्लेख गरी बैंकका कतिपय आन्तरिक कुराहरुसमेत उल्लेख गरेर पन्तविरुद्ध विभिन्न निकायमा उजुरी गर्न लागिएको भन्दै बैंकका कर्मचारी अर्थ सरोकारको कार्यालयसम्मसमेत आइपुगेका थिए । यस विषयमा सीइओको धारणा माग्दा बैंकले यस विषयमा आफ्नो कर्तव्य मात्र पूरा गरेको दावी गरेका छन् ।
अजय श्रेष्ठको भिडियोसहित आएको अर्थ सरोकारको रिपोर्टलाई ‘बायस रिपोर्ट’ भएको आरोपसमेत लगाउंदै यस विषयमा अर्थ सरोकारलाई प्रतिक्रिया दिंदै उनले लेखेका छन्, ‘बैंक अफ काठमाण्डू आफ्ना स्टाफहरुका विरुद्ध पहिला पनि थिएन, अहिले पनि छैन । हामी हाम्रा राम्रा कर्मचारीहरुमाथि गर्व गर्छौं । वित्तीय अपराध र बदनियतपूर्ण डिफल्टरका विरुद्धमात्र हाम्रो उजुरी थियो । एउटा जिम्मेवार नागरिकका हैसियतले बैंकले आफ्नो न्युनतम कर्तव्य पूरा गरेको हो । यस प्रकरणमा हाम्रो भन्नु अरु केहि छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्