×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजय श्रेष्ठ प्रकरणको नतिजा कि पीडाको प्रस्फोटन ? बिओके पीडीत भन्दै सीइओविरुद्ध किन संगठित भए कर्मचारीहरु ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अजय श्रेष्ठ प्रकरणको नतिजा कि पीडाको प्रस्फोटन ? बिओके पीडीत भन्दै सीइओविरुद्ध किन संगठित भए कर्मचारीहरु ?

१ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ काठमाण्डूले आफुहरुलाई पीडीत बनाएको भन्दै बैंकका कर्मचारीहरु गोप्य रुपमा संगठित भएको खबर छ । उनीहरुले बैंकमा तत्कालीन लुम्बिनी बैंकका कर्मचारीहरुलाईमात्र हावी गराउन खोजेको र तत्कालीन बैंक अफ काठमाण्डूका कर्मचारीलाई बाइपास गर्ने र रिसईवि लिन खोजेको भन्दै सीइओविरुद्ध संगठित भएर अगाडी बढ्ने योजना बनाएका हुन् ।
‘केहि समय अगाडी अजय श्रेष्ठ सरमाथि रिसइवि साँधियो । बैंकले आफुले अनुसन्धान नै नगरी अजय श्रेष्ठलाई विवादित बनाउने हिसाबले सीआइबीकहाँ केस पुर्याईयो । यो केसपछि अब हामी बैंकमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठेको छ ।’ आफुलाई बिओके पीडीत बताउने एक कर्मचारीले बिहीबार अर्थ सरोकारको कार्यालयमै आएर दु:खेसो पोखे । ‘अजय श्रेष्ठ बिओकेकै कारण थुनामा बस्नुपर्यो भन्ने कुरा सबैलाई थाहा छ । तर बोल्दिने कोहि भएनन् ।’ मिडियाले समेत यी कुरा थाहा पाएर पनि नपाएजस्तो गरेको गम्भीर आरोप लगाउँदै उनले भने, ‘यतिका समया बैंकको सेवा गरियो । अहिले तत्कालीन लुम्बिनी बैंकको कर्मचारी नभएकै कारण हामीलाई हेप्ने र दबाउने काम भएको छ ।’ उनले सुनाए ।
मनपरी सरुवा गरियो, आफ्नालाईमात्र पोसियो : पीडीत भनिएका कर्मचारी
अर्थ सरोकारको कार्यालयमा आएका ती कर्मचारीले बैंकमा मनपरी सरुवा गरिएको, मन नपरेकालाई अनेक लान्छना लगाएर कारवाही गरिएकोसमेत आरोप लगाएका छन् । ‘विभिन्न बहानामा विभिन्न खालका आरोप लगाएर बैंक अफ काठमाण्डूका कर्मचारीहरुलाई दु:ख दिने काम भएको छ । कतिपय साथीहरु बैंक छोडेर श्रम अदालतसम्म पुगेका छन् । कतिपयले मुद्धा पनि जितेका छन् । तर बैंकभित्रको भेदभाव कम भएको छैन ।’ उनले भने । बुँदागत रुपमा बैंकभित्रका काण्डहरु बनाएर अर्थ सरोकारको कार्यालयमा आइपुगेका ती कर्मचारीहरुले राष्ट्र बैंकमा समेत बैंक व्यवस्थापनकै सम्बन्ध राम्रो भएकाले आफुहरु मिडियामा आएको प्रष्ट पारे । ‘अब हामी कहाँ जाने ? बैंकमा जागिर खाने वातावरण बिगारिएको छ । राष्ट्र बैंकले हाम्रो भन्दा व्यवस्थापनको कुरा सुन्छ । अदालत जाँदा भएको करियरलाई धक्का लगाउने काम बैंकबाटै हुन्छ भन्ने डर छ । केहि सीप नलागेपछि बैंकका बदमासीका बारे समाचार लेख्ने मिडियाकर्मीहरुलाई खोज्दै यहाँ आएका हौँ । उनले भने । करिव २ पाना कागजमा बिओकेका सीइओको इतिहाससमेत लेखेर ल्याएका ती कर्मचारीले न्याय पाउने आस अव मिडियाबाटमात्र रहेको गुनासोसमेत पोखे ।
मर्जरदेखिका लफडा समेटेर अख्तियारमासमेत उजुरीको तयारी !
उनीहरुले आफ्नै सीइओविरुद्ध शोभनदेव पन्त कसरि बिओकेको सीइओ भए भन्ने इतिहासलाई नै समेटेर डकुमेन्ट बनाएका छन् । ‘इतिहासका हरेक नमीठा तथ्यहरु समेटेर एउटा उजुरी तयार गरेका छौं । अब यो लिएर अख्तियारसमेत जान्छौँ । बैंकभित्रका अनेक लफडामा कसले के गर्यो भन्ने सबै कुरा त्यसमा उल्लेख गरेका छौं । हालका सीइओ शोभनदेव पन्तले कहाँ कहाँ कस्ता बदमासी गरे भन्ने विषय हामीलाई राम्रोसँग थाहा छ । अव अति भएपछि बैंकभित्रका आन्तरिक बदमासी हामी अख्तियारसम्म पुर्याउँदैछौं । शोभनदेव पन्त कसरि सीइओ बन्न सफल भए ? सीइओ बनेपछि के के हतकण्डा गरेर आफ्नालाई मात्र पोसे ? कसरी लुम्बिनीका कर्मचारीहरुलाई काम गर्ने वातावरण बिगारे ? भन्ने विषय अव सार्वजनिक महत्वको विषय बनाउँछौँ । जनताको डिपोजिट लिएर चल्ने बैंकमा हुने मनपरी कदापी सह्य हुँदैन ।’ उनले भने ।
समयले एक एक फाइलको हिसाब खोज्नेछ : पीडीत भनिएका कर्मचारी 
‘अव समयले एक एक गरी एक एक फाईलको हिसाब खोज्नेछ । अजय सरजस्ता सोझालाई जेल पठाएर रजाइ गर्ने सोचमा अव समयले धक्का दिनेछ ।’ केहि भावुक देखिएका ती कर्मचारीले आफुले तयार गरेको डकुमेन्ट भन्दै दुइखालको डकुमेन्ट देखाए । एक डकुमेन्टमा उनले सीइओको इतिहास समेटेका छन् भने अर्कोमा उनले बैंकभित्रका केहि लफडामा बैंक व्यवस्थापनको हात भएको दावी गरेका छन् । दुवै फाइल अख्तियारसम्म पठाउने उनीहरुको तयारी छ । उनका अनुसार उनीसहित ७ जना यो काममा लागेका छन् ।

अहिले आएर किन हुँदैछ सीइओमाथि प्रहार ?
‘यति धेरै कुराहरु थिए भने तपाईंहरु अगाडी किन आउनुभएन ?’ हाम्रो प्रश्नमा ती कर्मचारीले भने, ‘यस्तै हो भनेर बसेका थियौं, अजय सरजस्ता सोझा मान्छेलाई जेल हाल्ने गरी चलखेल भएपछि हामीले अव सहेर बस्नु हुन्न भन्ने संकल्प गर्यौं र तपाईंसम्म आइपुगेका हौँ ।’ तर शोभनदेव पन्त त राम्रै चलेका वा राम्रै मानिएका सीइओ हुन् नि ! होइन र ?’ भन्ने हाम्रो प्रश्नमा अलि रिसाएजस्तो गरेर ती कर्मचारीले भने, ‘किताबको कभर राम्रो छ भनेर उपन्यास गुणस्तरको छ जस्तो कुरा तपाईंजतिको मान्छेले गरेको सुहाउँदैन । सबै कुरा राम्रो भएको भए हामी किन यहाँसम्म आउँथ्यौं र ?’
निरन्तर सम्पर्कबाहिर शोभनदेव पन्त 
उनीबारे यतिको गम्भीर प्रसङ्ग उठेपछि र समाचारको विषयलाई लिएर बैंक अफ काठमाण्डूको आइडी कार्ड नै भिरेर आफुकहाँ आइसकेपछि समाचार सन्तुलनका लागि हामीले शोभनदेव पन्तलाई फोन गर्यौँ । तर हामीले फोन गर्दा अघिल्लो पटकजस्तै उनको फोन उठेन । हामीले उनलाई एसएमएससमेत गरेर यस विषयमा उनको धारणा लिने प्रयास गर्यौं । तर उनले हाम्रो एसएमएस पनि रिप्लाई गरेनन् । उनीसँग कसैगरी पनि सम्पर्क नभएपछि हामीले बैंकको वेवसाइटमा सूचना अधिकारीको नम्बर खोज्यौँ । बैंकका सूचना अधिकारी महेश मिश्रको नम्बर नभेटिएपछि हामीले बैंकका कर्पोरेट कम्युनिकेसन प्रमुख रितेश लामिछानेलाई सम्पर्क गर्यौँ । उनले केहि कर्मचारीले बदमासी गरेका कारणले संचालक समितिबाटनै कारवाहीको सिफारिस गरेको र केहिकर्मचारी बैंक विरुद्ध संगठित नै  लागेको सूचनासमेत बैंकसँग रहेको दावी गरेका छन् । ‘केहि साथीहरु बैंकविरुद्ध लाग्नुभएको बैंकमा व्यवस्थापनलाई राम्रोसँग थाहा छ । तर सबै कुरा प्रोसेसमै भइरहेको छ ।’ उनले भने । उनका अनुसार केहि कर्मचारीहरु कारवाहीको रिसले संस्थाविरुद्ध लागेका छन् । त्यसपछि उनीबाट मिश्रको नम्बर लिएर हामीले यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी महेश मिश्रलाई गर्यौँ । तर उनलेसमेत हाम्रो फोन उठाएनन् ।

पछि सोभनदेव पन्तले हामीलाई एसएमएसको रिप्लाई पठाए । उनले आफ्ना कर्मचारीहरुप्रति कतैपनि बायस नभएको दाबी गरे ।  उनले वित्तीय अपराधका विरुद्ध बैंक अफ काठमाण्डूले आफ्नो दायित्व पूरा गरेको बताए । ‘हामीले बीत्तिय अपराधका विरुद्ध आफ्नो दायित्व पूरा गरेका हौँ । बैंक आफ्ना स्टाफका विरुद्ध पहिला पनि थिएन, अहिले पनि छैन । हाम्रा राम्रा कर्मचारीप्रति हामी गर्व गर्दछौं । यसबाहेक यस विषयमा मेरो भन्नु केहि पनि छैन ।’ उनले एसएमएसमार्फत प्रतिक्रिया दिंदै भनेका छन् ।      

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी