
काठमाडौँ । नेपालको पहिलो आर्थिक टेलिभिजन बिजनेश टेलिभिजन अव एचडी प्रविधिमा आउने भएको छ । केहि समयभित्रै उक्त टिभी एचडि प्रविधिसहित दर्शकमाझ आउन लागेको हो । नेपाली आर्थिक मिडियामा ‘सञ्चार क्रान्ति’कै रुपमा आएको यस टेलिभिजनले नेपाली आर्थिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । ‘नेपालमा आर्थिक टेलिभिजन पनि चल्छ र ?’ भन्ने प्रश्नहरु उब्जिएको समयमा टेलिभिजनलाई छोटो समयमा नै ‘ब्रान्डेड’ बनाएर दर्शकमाझ छाप छोड्न सफल यस टेलिभिजन समयको माग अनुसार एचडि प्रविधिमा आउन अलगेको हो ।
टेलिभिजनका अध्यक्ष शम्भु पोखरेलले दिएको जानकारी अनुसार टेलिभिजनलाई एचडि प्रविधिमा लैजान प्राविधिक काम सुरु भइसकेको छ । ‘सकेसम्म छिटो एचडिमा जानेगरी काम सुरु गरेका छौँ । हामीले आर्थिक मिडियामा अर्को इतिहास रच्नेछौँ ।’ उनले भने ।
नेपालमा फरक स्वादका आर्थिक कार्यक्रम प्रशारण गर्ने टेलिभिजनका रुपमा पनि यस टेलिभिजनलाई लिइने गरेको छ । पछिल्लो समय टेलिभिजनमा अर्थ सरोकार समूहले तयार गरेको टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’, ‘बीमा बहस’ लगायतका कार्यक्रम प्रशारण हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्