×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, ऋण लिँदा कुनबाट सस्तो ?

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, ऋण लिँदा कुनबाट सस्तो ?

१९ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी दुई बैंकले  १७ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 
नयाँ ब्याजदर अनुसार कुमारीको मुद्दति निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.६० प्रतिशतसम्म  ब्याज रहेको छ । राष्ट्रिय वाणिज्यको साधारण मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म र विषेश मुद्दति निक्षेपमा ८.५० प्रतिशतसम्म ब्याज रहेको छ । 
कुमारीका हाल १९ वटा बचत सञ्चालनमा छन् ।  जसमा ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याज बैंकले दिनेछ । यस्तै ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १६.४५ प्रतिशत, होम लोन अटो लोन, र एजुकेशन लोनमा १८.४५ प्रतिशत, अन्य कर्जामा १६.४५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकको पुस मसान्तको बेसरेट १०.४५ प्रतिशत रहेको छ ।  
त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले बचत खातामा न्यूनतम ४ र अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकबाट ओभर ड्राफ्ट कार्डमा कर्जा लिँदा ११ प्रतिशतसम्म, आवधिक कर्जा ११ प्रतशतसम्म, शैक्षिक कर्जा १० प्रतिशतसम्म, सेयर धितोमा जाने कर्जा १२ प्रतिशतसम्म र व्यक्तिगत कर्जामा १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । पुस मसान्तसम्म बैंकको वेसरेट ६.६० प्रतिशत छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: