
काठमाडौँ । घटना काभ्रेपलान्चोकसहित मुखिया गाउँको हो । काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिकाबाट धुलिखेल झर्दै गर्दा बीचमा पर्ने मुखिया गाउँ लामो समयदेखि उदास, निराश र पीडामा छ । नहोस् पनि कसरी, गाउँका अधिकांस आफन्त बैंकिङ कसुरमा परेका छन् । कति जेलमा छन्, कति फरार सूचीमा छन् । छोरो इन्जिनियर बनेर घर कमाउला, अनि सुखसँग रमाउँला भनेर आश गरेकी आमा दिनरात जेल परेको छोरो सम्झेर रोहिरहेछिन् । सिए अध्ययन गर्न भारत गएको छोरो पढाइ नसक्दै जेल परेको पीडा बोकेर बाबुआमा दिनरात रोएर बस्न बाध्य छन् । कसैको जागिर खोसिएको छ, कसैको व्यवसाय सक्किएको छ ।
दशा लागेपछि कसैको कमाउने छोरो जेल पर्यो, कसैको पेन्सन पाक्न लागेको जागिर गयो, धेरैको सपना उजाडियो, जीवन बर्बाद भयो । सर्वश्व सक्कियो । जिन्दगी आफन्तको आशमा औंला गनेर बितिरहेको थियो, त्यहि बेला भूकम्प गयो । भत्किएको घर बनाउने जाँगर छैन । जाँगर भएपनि पैसा छैन । तर थाप्लोमा करोडौंको ऋण छ । ऋण कसरी आफ्नो टाउकोमा आयो भन्ने कुरासम्म थाहा छैन । यो गाउँका पीडीत बासिन्दाहरु यतिसम्म सिथिल हुनुको कारण हो २०६८ सालमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा सार्वजनिक भएको घोटाला प्रकरण ।
यस्तो थियो घोटाला प्रकरण :
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले २४ साउन २०६८ मा शीघ्र सुधारात्मक कारबाही गर्यो । ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएको देखेपछी उक्त संस्था टाट पल्टेर वित्तीय क्षेत्रमै प्रणालीगत जोखिम बढ्दै जाने परिस्थिति सृजना भएको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंकले माघ १८ २०६९ मा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्याे । फाइनान्सभित्र भएका घोटालाहरुबारे अनुसन्धान अघि बढीरहेको थियो । यहि बीचमा पनि कम्पनीको अवस्था झन् जटिल हुँदै गयो । केहि सीप नलागेपछि नेपाल राष्ट्र बैंकले उक्त संस्थालाई ‘टेकओभर’ गर्यो । फाइनान्सलाई टाँट पल्टाउने खेलमा मुख्य योजनाकार थिए कम्पनीका पूर्वप्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी । र, काभ्रेको मुखिया गाउँका धेरै गाउँलेलाई एकैपटक जेल पठाउने प्रपञ्चको मुख्योय योजनाकार पनि शम्भु केसी नै थिए ।

को हुन् शम्भु केसी ? कसरी फसाए शम्भुले ?
शम्भु केसी कम्पनीका पूर्वप्रबन्ध संचालक पवनकुमार कार्कीका ससुरा हुन् । उनी मुखिया गाउँमा कुखुरा पालन गर्थे । त्यतिबेला सबैका प्यारा शम्भु मुखिया गाउँका गाउँलेका सुखदुःखका साथीसमेत थिए । उनी यतिसम्म भलादमी देखिन्थे कि उनले गाउँलेको यस्तो हविगत बनाउनलान भनेर कसैले सपनामा पनि सोचेको थिएन । उनले भनेको ठाउँमा एक हस्ताक्षर त के, उनले मागे ज्यान नै दिन पनि तयार थिए गाउँलेहरु । तर गाउँले माझ यति राम्रो छवि बनाएका उनको नियतमा खोट थियो । उनी गाउँले र आफन्तको नाममा जग्गा पास गरिदिन्थे । अनेक बहाना बनाएर हस्ताक्षर गर्थे, नागरिकता माग्थ्ये, फकाउँथे ।
त्यसपछि उनी सोझा गाउँलेका नाममा कम्पनी खोलिदिन्थे । त्यही कम्पनीको नाममा क्यापिट मर्लचेन्बाट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋण झिक्थे । र आफैं चलाउँथे । उनले यसो गरेको गाउँलेलाई पत्तो थिएन । गाउँलेलाइ दुख पर्दाका इमान्दार मान्छेले यसरी डुबाउलान भनेर कसैले सोचेको पनि थिएन । तर शम्भुको यस्तो हर्कत नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले छताछुल्ल बनायो ।

शम्भुको बदमासीको पोल खुलेपछि २०६१ साल बैशाख ३१ गते नेपाल राष्ट्र बैंकले शम्भु केसीसहितका व्यक्तिहरूविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गर्यो । र, पाटन उच्च अदालतले २९ वैशाख २०७१ मा फैसला गर्दै केसीसहितका केही व्यक्तिलाई दोषी करार गर्यो, केहीले सफाइ पाए ।
शम्भु केसी दोषी ठहरिए । केसीले विभिन्न ४४ जनाको नाममा जग्गा पास गराइदिने, कम्पनी खोलिदिने र त्यस्तो कम्पनीको नाममा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ऋण बनाएर पैसा आफैंले चलाउने गरेका थिए ।
हुन त ती ४४ जनाको दोष नभएको, आफैंले ऋण निकालेको बयानसमेत केसीले अदालतमा दिएका थिए । तर, अदालतले यी ४४ जनालाई दोषी मतियार ठहर गर्यो र अहिले पूरै गाउँका अधिकांस घरधुरीका कोहि न कोहि बैंकिङ कसुर अन्तर्गत जेलमा छन् ।
पीडीतको कथा १ : यसरी फसे आनन्द थापा
आनन्द थापा बनेपामा आनन्द पोल्ट्री फर्म नामक फर्म चलाउँथे । राष्ट्रिय बाणिज्य बैंक र लक्ष्मी बैंकबाट गरी करिब ३ करोड रुपैयाँ ऋण लिएर उनी व्यवसाय गरिरहेका व्यक्ति थिए । यो घटनाका मुख्य नाइके शम्भु केसी पनि खुकुरा व्यवसायी भएकाले उनीहरुको चिनजान थियो । एक दिन शम्भु केसीले आनन्दलाई ‘मेरो नाममा जग्गा धेरै भयो । हाउजिङ व्यवसाय गर्न बैंकिङ क्षेत्रबाट ऋण लिन मिलेन, तिम्रो पोल्ट्री फर्म छ । त्यसबाट कृषि ऋण लिन सजिलो हुन्छ । ऋणको साँवा व्याज म तिर्छु, तिम्रो फर्मबाट ऋण झिकौँ । भनेछन् । गाउँमा इमान्दार र मेहेनती व्यक्तिको छवि बनाएका शम्भुको कुरामा उनी ‘कन्भिन्सड्’ भए । घरमा कसैसँग सल्लाह नगरी उनले शम्भुले उनको फर्मको नाममा लिन लागेको ५ करोड ७५ लाख रुपैयाँ ऋणका लागि सहमत दिएर कागजपत्रमा हस्ताक्षर गरिदिए । तर, नियतमै खोट भएका शम्भुले ऋण तिरेनन् । जव क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्त भयो र छानविन अगाडी बढ्यो, शम्भुसँगै कर्जा अपचलनको अभियोगमा पाटन उच्च अदालतको आदेशले आनन्दमाथि पनि जेल सजाय तोकियो । उनी अहिले धुलिखेल जेलमा छन् । कमाउने छोरो जेल गएपछि आमा, बाबु र श्रीमतीको बिजोग भएको छ । छोरो जेल परेपछि सबै व्यवहार बिग्रिएको छ । र दिनरात पीडामा छन् आनन्दकि आमा, बुबा र श्रीमती ।

प्राणभन्दा प्यारा श्रीमान जेलको चिसोमा छन् । दीपालाई न दिनमा भोक लाग्छ, र रातमा निन्द्रा । कमाउने श्रीमान् जेलमा परेपछि व्यवहार त बिग्रेको छ नै, पल पल श्रीमानको अभावलाई सहेर जिउन बाध्य छिन् उनी । खाएको बिष पो लाग्छ, तर दशा लागेपछि नखाएको बिष पनि लाग्यो र बर्बाद भएको छ जिन्दगी । कमाउने छोरो जेल परेपछि आमाको पनि बिजोग छ । परिवारमा शान्ति छैन, मनमा चैन छैन । सब थोक रित्तिएपछि यो दुख नदेख्ने भगवानको पनि भरोसा लाग्न छोडेको छ अबलालाई । आनन्दका बुबा पनि दिनरात पीडामा छन् । उमेरले असी काटेका उनी छोरोले पाएको दुखप्रति केहि गर्न सक्दैनन्, भाग्यलाई धिक्कार्न बाहेक । फाइनान्सको काण्डमा छोरो परेपछि छोरो पनि जेल पर्यो, व्यवसायका लागि लिएको ऋण तिर्दा घरबास सबै गयो, अहिले न साथमा छोरो छ, न हातमा सम्पत्ति छ । छ त केवल अन्यौल र पीडा । र छोरो जेलबाट छुट्ने आशमा छोरो कुरिरहेका छन् आनन्दका बुबा ।
हेर्नुहोस् यो प्रकरणबारे तयार गरिएको एक्सक्लुसिभ भिडियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्