काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमीत सरसफाईको लागि यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग स्वरूप रू बीसका पाँच हजार थान टिकट हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरिएकोे छ ।
केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्