
काठमाडौं । दुरसञ्चार प्रदायक कम्पनी सीजी कम्युनिकेसन्स प्रा.ली.ले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई २० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गत बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले २० अर्ब रुपैयाँ तिरे सीजीलाई युनिफाइड टेलिफोन सेवाको लाइसेन्स दिने बताएपछि आइतबार चौधरी ग्रुपले पत्रकार सम्मेलन गरी ध्यानाकर्षण भएको जनाएको हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले २० अर्ब रुपैयाँ १० वर्षको नविकरण शुल्क भएको स्पस्ट पार्नुभयो । उहाँले अनुमति प्राप्त गरेको दशौं वर्षमा नविकरण गर्दा २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाएको हुनुपर्ने बताउनुभयो । तर सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लाइसेन्स लिनका लागि अहिले नै २० अर्ब रुपैयाँ मागेकोमा आफुहरु आश्चर्यमा परेको बताउनुभयो ।
चौधरी ग्रुपका चौधरीले सिजि टेलिकमले टेलिकम सेवा मात्रै प्रदान गर्ने नभएर डिजिटल अपरेटरका रुपमा समेत काम गर्ने बताउनुभयो । भ्वाईस कल पुरै निःशूल्क गर्ने, डाटामा चलनचल्तिको शूल्कभन्दा आधा कममा सेवा दिने प्रतिवद्धता जनाउँदै उहाँले डिजिटल नेपालको अभियानलाई सहयोग गर्न आफुहरु आतुर रहेको बताउनुभयो । उहाँले छिट्टै ५जी नेटवर्क ल्याउन पाउने अपेक्षा रहेको बताउनुभयो । पछिल्लो समय चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स र सरकारबीच युनिफाइड टेलिफोन सेवा सम्बन्धी विवाद छ । सीजीले नियमअनुसार सबै प्रकृया पुरा गरेर आवेदन दिएको जनाएको छ भने सरकारले सबै प्रकृया पुरा गरेमात्र अनुमति दिने जनाएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्