×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले भने- ‘१ र १ जोडेर दुई होइन, ११ बनाउँछौं’ (भिडियो रिपोर्ट)

PRIME CA

गोल्छाको प्रशंसा गर्दै चन्द्र ढकालले भने- ‘१ र १ जोडेर दुई होइन, ११ बनाउँछौं’ (भिडियो रिपोर्ट)

१४ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामि नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । अनौपचारिक रुपमा यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएका ढकालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो ।
उहाँले आफ्नो उम्मेदवारी देशमा औद्योगीक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि सरकारसँग लविङ गर्न भएको बताउनुभयो । उहाँले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्न, तिब्र आर्थिक विकास र सुशासन सहितको उत्तरदायि राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
उहाँले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविश्यमा उद्योगी व्यवसायीहरु करको ठूलो मारमा पर्ने बताउनुभयो । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान र उपचार हुनुपर्ने मान्यता आफुले राखेको बताउनुभयो । सरकारले लागू गरेको भिसिटिएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायहरु समस्यामा परेको बताउनुभयो ।
सम्पत्ति माथि निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर वैदेशिक लगानीलाई आकर्षित गर्न, उद्योग वाणिज्य महासंघ जस्तो संस्थालाई विज्ञ समुहको रुपमा विकास गर्न आफ्नो प्रयास रहने बताउनुभयो । उहाँले महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र गतिशिल बनाउनुपर्ने र सरकारसँग नीतिगत छलफल बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारा सहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य ग¥यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले आफुले महासंघमा रहेर नि जी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले उद्योग स्थापनादेखि खारेजीका कार्यमा झण्झटिलो प्रकृयाका कारण लागत बढेको उल्लेख गर्दै त्यसमा आफुले सँधै काम गर्ने बताउनुभयो ।
उहाँले भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायीक र गतिशिल समुह बन्ने र उक्त समुहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई एक र एक जोडेर ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: