×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तको वित्तीय विवरण : खुद नाफा २२.७५%ले वृद्धि गरी कमायो ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ !

GLOBAL IME BANK
SHREE KESH

छिमेक लघुवित्तको वित्तीय विवरण : खुद नाफा २२.७५%ले वृद्धि गरी कमायो ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ !

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २२.७५% ले बढेर ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधीमा कम्पनीले ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा पनि बढेको देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी २२.३०%ले बढेर ९८ करोड ७६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८० करोड ७५ लाख ५५ हजार रुपैयाँ कमाएको थियो । यस्तै, सञ्चालन नाफा पनि ६० करोड १४ लाख ११ हजार रुपैयाँबाट वृद्धि गरी ७४ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
छिमेकले यो त्रैमाससम्म १७ अर्ब २७ करोड ४६ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९१ करोड ९७ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ६८ लाख ७१ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराब कर्जा ०.३५% रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ २२ पैसा रहेको छ भने, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ६७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: