×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी गभर्नर बन्ने ‘कन्फर्म’ भएकै हो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी गभर्नर बन्ने ‘कन्फर्म’ भएकै हो ?

काठमाडौं । आउँदो चैतबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिनै लाग्दा ‘अबको गभर्नर को बन्छ ?’ भन्ने चर्चा चल्नु स्वाभाविक हो । यसैबीच अवको गभर्नर पदका ठुलै रस्साकस्सीमा विभिन्न पात्रहरु लागेका छन् । नेपाल राष्ट बैंकको नयाँ गभर्नरका लागि डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, मुख्यसचिव लोकदर्शन रेग्मी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डा. मिनबहादुर श्रेष्ठ र राजन खनाल दौडमा छन् । तर प्रधानमन्त्री निकट विश्वस्त स्रोतले दिएको जानकारी अनुसार चिन्तामणि शिवाकोटी अवको गभर्नर ‘कन्फर्म’ भइसकेका छन् ।
समिति गठन र सिफारिस औपचारिकता मात्रै ?
यसो त आगामी साता नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिस गर्न समिति बन्दैछ । नयाँ गभर्नर नियुक्त गर्न एउटा समिति गठन गरेर त्यसबाट सिफारिस भएका व्यक्तिमध्येबाट एक जनालाई नियुक्त गर्नुपर्ने कानुनी प्रावधान छ । तर यसपालीको समिति र समितिको सिफारिस औपचारिकताका लागि मात्र हुने विश्वस्त स्रोतको दाबी छ । गभर्नर सिफारिस गर्न बन्ने समितिको अध्यक्ष अर्थमन्त्री हुनेछन् । नीति नियम नै पल्टाउने हो भने राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगाडि नै अर्को गभर्नर नियुक्ति हुनुपर्ने प्रावधान छ । तर यसपाली यस्तो हुन सकेन । यस्तो नहुनुको पछाडी नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपालले राष्ट्र बैंकबाट बिदा लिएका छैनन् भने अर्कोतर्फ गभर्नर कसको भागमा पर्ने भन्ने विषयमा सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच सहमति भएको थिएन । तर केहि दिन अगाडी आगामी गभर्नर चिन्तामणि शिवाकोटीलाई नै बनाउने गरी दुइ अध्यक्षबीच सहमति भएको उच्च स्रोतको दावी छ । त्यसैले केहि नयाँ ‘अन्यथा’ भएन भने यसपाली गभर्नरमा शिवाकोटीले बाजी मार्ने कुरामा खास शंका नरहेको जानकारहरुको भनाइ छ । 
चलेका सबै नामविरुद्ध केहि न केहि उजुरी !
यो व्यापक चलखेल हुने समय त भइ नै हाल्यो । कसैले कसैलाई लडाउने पाएको खण्डमा आफु माथि पुगिन्छ भन्ने सोचका साथ गलत कामहरु पनि हुने नै भए । यसअघि नै शिवराज श्रेष्ठको छवि धमिलो बनाउने प्रयास राष्ट्र बैंककै अधिकारीहरुबाट भएको थियो । राष्ट्र बैंकबाट केहि समयमात्र अवकास पाएका एक बरिष्ट व्यक्ति शिवराजलाई सिध्याउन खोज्ने मुख्य व्यक्तिका रुपमा थिए । उनी त्यसमा सफल नभएपनि कतै न कतै गलत कुरा चलाउने मौका धेरैले पाएका छन् । महाप्रसाद अधिकारी विरुद्ध क्वालिफिकेसनको ‘लफडा’ झिकिएको छ । सुबोध कर्णलाई लिएर पनि क्वालिफिकेसनको अपव्याख्या सुरु भएको छ । प्रचण्डको भागमा गभर्नर नपरेपछि मिन बहादुर श्रेष्ठ ‘साइड’ लागिसकेका छन् । राजन खनाललाई अन्तै सेटल गराउने गरी काम भइसकेको स्रोतको दावी छ । यो हिसाबले पनि अवको गभर्नर चिन्तामणि शिवाकोटी हुने निश्चित रहेको जानकारहरुको ठम्याई छ । यसो त शिवाकोटीका विरुद्धसमेत केहि अभियान नै चल्न लागेको चर्चा पनि बजारमा छ । यद्यपी त्यसले शिवाकोटीलाई खास फरक नपर्ने जानकारहरुको दाबी छ ।  
अनुभवका आधारमा सबै भन्दा बढी नम्बर शिवाकोटीलाई !
यसो त अनुभवकै कुरा गर्ने हो भने पनि चिन्तामणि शिवाकोटीजतिको अनुभवी व्यक्ति अहिले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा कोहि पनि छैनन् । उनी खासै कुरामा विवादित पनि छैनन् । सबैलाई रिझाउन सक्ने, स्पष्ट कुरा राख्ने, सबैलाई मिलाउन सक्ने र डण्डा चलाउनुपर्ने ठाउँमा डण्डा चलाउन पनि कुनै हिसाबले पछी नपर्ने उनको छविका कारण उनी बैंकिङ क्षेत्रमा प्रख्याति कमाएका व्यक्ति पनि हुन् । यसो त उनी राष्ट्र बैंकमा राम्रै खेलाडीका रुपमा पनि चिनिन्छन् । सबैलाई मिलाएर आफु माथि कसरी जान सकिन्छ भन्ने थाहा पाएका उनले यसपाली गभर्नरको पद पनि आफ्नै पोल्टोमा पार्ने कुरामा खास मत नबाझिएको देखिन्छ ।
को हुन् चिन्तामणि शिवाकोटी ?
बि. स. २०२० सालमा तेह्रथुमको आठराईमा जन्मिएका चिन्तामणि शिवाकोटी  सुब्बा तहमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए । नेपालमा एमबिएसम्म अध्ययन गरेका छन् । अमेरिकाको विश्वविद्यालयबाटसमेत डिग्री गरेका कम्युनिष्ट विचारधाराका शिवाकोटी समृद्धिका लागि प्रतिबद्ध व्यक्तिका रुपमा कहलिएका व्यक्ति हुन् । उनको पुस्तक, ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ बिहिबारमात्र सार्वजनिक भएको छ । सो पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको ‘अर्थपूर्ण’ प्रशंसा गरेका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: