×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेपुटी गभर्नर शिवाकोटीको खुलासा : ‘बैंकले गर्ने बीमाको कामलाई पुन: खोल्दैछौँ, छलफल चल्दैछ, छिट्टै निर्णय हुन्छ’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

डेपुटी गभर्नर शिवाकोटीको खुलासा : ‘बैंकले गर्ने बीमाको कामलाई पुन: खोल्दैछौँ, छलफल चल्दैछ, छिट्टै निर्णय हुन्छ’ (भिडियो)

काठमाडौँ । बैंकले गर्ने बीमाको संस्थागत एजेन्सीको काम बन्द भएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ। संस्थागत एजेन्सीको काम बन्द हुँदा एकातर्फ बैंकहरुको आयश्रोत घटेको छ भने अर्कोतर्फ बीमा कम्पनीहरुलाई यसले कतै नै कतै बैंकलाई ठुलै घाटा भएको छ भने बीमा कम्पनीहरुको ब्यापार पनि घटेको छ । नेपाल राष्बैंट्कर बैंकको नयाँ नीति आएसँगै बैंकहरुले सहज रुपमा ल्याइदिने बिजनेशका लागि अव आफैं दौडिनुपर्ने बाध्यता बैंकहरुलाई आइलागेको छ । जुन पक्कै सहज छैन । बैंकले आफ्ना कर्मचारी नै खटाएर काम गरिदिन्थ्यो, अव त्यो बिजनेश नै बन्द भयो । कुल प्रिमियमको ७ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट आईरहेको तथ्याङ् जीवित हुँदा बीमा कम्पनीहरुलाई रुनु न हाँस्नु भएको छ ।
तर अव यो समस्या समाधान हुने भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले गर्ने बीमाको संस्थागत एजेन्सीको काम पुन: सुचारु गर्ने विषयमा छलफल भएको र छिटोमा मध्यावाधिक समिक्षापछि र ढिलोमा अर्को मौद्रिक नीतिमार्फत यसलाई सूचारु गर्ने बताएका छन् ।  बिजनेश टेलिभिजनले आयोजना गरेको इन्स्योरेन्स समिट २०२० कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सबैलाई ‘विन-विन’ हुनेगरी गलत गर्नेलाईमात्र नियन्त्रण गर्नेगरी यो व्यवस्था ल्याउन लागेको खुलासा गरेका हुन् । 
हेर्नुहोस् उनको भनाइ जस्ताको त्यस्तै    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: