×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेपुटी गभर्नर शिवाकोटीद्वारा लिखित पुस्तक सार्वजनिक, हेर्नुहोस् बिमोचन कार्यक्रमका मुख्य झलक (भिडियो)

PRIME CA
GLOBAL IME BANK

डेपुटी गभर्नर शिवाकोटीद्वारा लिखित पुस्तक सार्वजनिक, हेर्नुहोस् बिमोचन कार्यक्रमका मुख्य झलक (भिडियो)

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । डेपुटी गभर्नर शिवाकोटीद्धारा रचित पुस्तक विमोचित भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनको पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधनमन्त्री ओलीले ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउन सरकार सफल हुँदै गएकोसमेत दावी गरेका थिए । 
कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले नेपालको अर्थतन्त्र वित्तीय प्रणालीसँग जोडिएका समसामयिक विषयवस्तुबारे लेखिएका विष्लेशणात्मक लेखहरु पस्तकमा रहेकोले वित्तीय क्षेत्रको लागि महत्वपूर्ण हुने बताएका थिए । यता डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धि र अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको अवस्थामा आफुले विभिन्न समयमा लेखेका लेखहरु महत्वपूर्ण हुने अपेक्षासहित पुस्तक प्रकाशित गरेको बताए । 
पुस्तकमा २०५० साल जेठ देखि २०७६ मंसिर सम्म विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तीन दर्जन लेखहरु समावेस गरिएको छ । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित ‘समृद्ध नोपल, सुखी नेपाली’ बोलको गीत समेत विमोचन गरिएको थियो । प्रधानमन्त्रीको कार्यव्यस्तताले केहि ढिलो सुरु भएको कार्यक्रमको रौनक भने हेर्न लायक थियो । त्यहि रौनकलाई अर्थ सरोकारले भिडियोमा उतारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: