×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Artha Sarokar

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्दै ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् ।
यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार(एबीबीएस), अनलाइन कारोबार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाता बाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन ।
दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी