
काठमाडौं । केहि दिनयता एउटा ‘चटपटे काण्ड’ सामाजिक सञ्जालमा भाइरल छ । चटपटे सिटिजन्स बैंकको फारममा हालिएको छ । र यो तस्विर अहिले भाइरल भएको छ । सिटिजन्स बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको भन्दै सामाजिक संजालमा केहिले बैंकको आलोचनासमेत गरेका छन् । तर बैंकले भने उक्त फारम बैंकबाट कुनै पनि हालतमा बाहिर नगएको दावी गरेको छ ।
सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भएपछि हामीले यस विषयमा बैंककि प्रवक्ता उमङ्ग शर्मालाई फोन गर्यौं र यसबारे सोध्यौं । ‘फारममा जसको फोटो देखिएको छ, उहाँ हाम्रो ग्राहक हो । तर लामो समयदेखि उहाँको खातामा कारोबार भएको छैन । खाता डोरमेन्ट छ । तस्विरमा देखिएको उक्त फर्म पूरानो फर्म पनि होइन । किनकि यो डिजाइन नयाँ डिजाइन हो ।’
यता सामाजिक संजालमा भने बैंकको चर्को आलोचना भइरहेको छ । कतिपयले बैंकले आफ्ना ग्राहकको फर्मलाई चटपटे व्यापारीकहाँ पुर्याएकोसमेत भन्न भ्याएका छन् । ‘बैंकबाट यो फर्म बाहिर गएको आरोप लागिरहेको छ नि ?’ हाम्रो प्रश्नमा प्रवक्ता शर्मा भन्छिन्, ‘बैंकबाट त कुनै पनि हालतमा यस्तो फर्म बाहिर जाँदैन । हामीले खाता खोल्न भनेर फर्म बाँडीरहेका हुन्छौँ । यो फर्म पनि त्यसैगरी कसैकहाँ गएर बिग्रिएपछि फालिएको हुनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्