×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वितरण योग्य नाफा १३ करोड ११ लाख रुपैयाँ रहेको सिभिल बैंकको खुद नाफा कति ?

काठमाडौं – सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १४.७५% ले घटेको हो ।  गत वर्ष बैंकले ३७ करोड ९ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुदनाफासँगै अन्य केहि सूचक पनि घटेका छन् ।प्रतिसेयर आम्दानी १ रुपैयाँ ११ पैसाले घटेर ७ रुपैयाँ ९० पैसामा कायम भएको यस बैंकको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २२ पैसा रहेको छ ।
यद्यपि बैंकले निक्षेप संकलन र कर्जा लगानी भने बढाउन सफल भएको छ । यी दुई सूचक क्रमशः १०.८१% र ९.६६% ले बढेका छन् । ४७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
यस्तै पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १३ करोड ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । यता, बैंकको खुद ब्याज आम्दानी ८.६३% ले बढेको छ भने सञ्चालन नाफा १४.७२% ले घटेको छ । खुद ब्याज आम्दानी ९ करोड ४८ लाख रुपैयाँ बढेर १ अर्ब १९ करोड २८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७ करोड ७० लाख रुपैयाँ घटेर ४४ करोड ६२ लाखमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ । 
८ अर्ब ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड ९० लाख रुपैयाँ सञ्चित छ । बैंकको निष्क्रिय कर्जा ३.५४ प्रतिशतबाट घटेर २.६९ प्रतिशतमा सीमित भएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: