
काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीको बैंक खातामा १५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले फागुन १ गतेबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद पठाउन थालेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ । सेयरधनीले उक्त खाता अपडेट गरेपछि मात्र लाभांश पाउने छन् ।
संस्थाको माघ २६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३०% बोनस सेयर र १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । तर, बोनस सेयर खातामा आउन भने केही समय लाग्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्