काठमाडौँ – देवः विकास बैंकले चालु आर्थिक वर्षको दोस्रोमा खुद नाफा घटेको वित्तीय वितरण सार्वजनिक गरेको छ । बैंकले १८ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको वित्तीय वितरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको तुलनामा ३.५० प्रतिशतले थोरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा २२ अर्ब ४२ करोड २५ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २५ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा कायम भएको छ । चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । साथै जगेडा कोषमा ५८ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
पुस मसान्त सम्ममा बैंकले ५६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा २६ करोड ३५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०७ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको आधार दर ११.०२ प्रतिशत र स्प्रेड दर ५.१४ प्रतिशत रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्