
काठमाडौँ – नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाईले जानकारी दिए ।
झापाबाट मैनाली, उनका छोरा सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, नाति एन मैनाली र चालक रामप्रसाद पौडेलसहित काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरू सबैजना घाइते भएका छन् ।
मैनालीको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ भने बुहारी पुजाको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मैनालीलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्