
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकले खुद नाफा १० करोड २८ लाख ८० हजार रुपैयाँ नाफा कमाए रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा २४.६३% ले धेरै हो । गत वर्ष बैंकले ८ करोड २५ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा बढेको हुनाले पनि खुद नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालान नाफा क्रमशः २६.६६% र २४.८३% ले बढेको छ । गत वर्ष १८ करोड ७२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर २३ करोड ७१ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ११ करोड ७७ लाख ३४ हजार रुपैयाँबाट बढाएर १४ करोड ६९ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
यो दोस्रो त्रैमाससम्ममा बैंकले ८ अर्ब ७४ करोड ६ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६६ करोड ४६ लाख २७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल यसको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ४७ लाख ११ हजार रुपैयाँ छ ।
यता, खराब कर्जा भने ०.४९% मा झरेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्