काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार ३ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।