काठमाडौं – ग्लोबल आईएमई बैंकले डोटीको दिपायल सिलगढी नगरपालिकास्थित पिपल्ला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले डोटी लगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकको सेवाले समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।