काठमाडौं – ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्पोर्टस् अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।
पुरुष तर्फ सर्वोकृष्ट भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनही १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकास र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्ष देखि निरन्तर स्पोर्टस अवार्ड प्रदान गर्दै आईरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै १४ औँ एन.एन.आई.पि.ए स्पोर्टस अवार्ड यही फागुन ६ गते वसन्तपुरको डबलीमा आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाइ समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आईएमई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरु प्रायोजन गर्दै आईरहेको छ ।
खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने ग्लोबल आईएमई बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्