×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमास : खुद नाफासँगै अन्य सूचकहरुमा पनि वृद्धि…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमास : खुद नाफासँगै अन्य सूचकहरुमा पनि वृद्धि…!

२६ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६८ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । जनता बैंकलाई मर्जर गरेको यस बैंकले दोस्रो त्रैमाससम्म आउदा अधिकांश सूचकमा वृद्धि गरेको वित्तीय विवरण प्रकाशित गरेको हो । 
बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३७.१३% ले धेरै हो । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफा सहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जरअघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सार्वजनिक भएको वित्तीय विवरण अनुसार ग्लोबलले पुस मसान्तसम्ममा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा ६२ करोड २७ लाख रुपैयाँ बढेर २ अर्ब ३६ करोड ९० लाख रहेको पुगेको छ । मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफासहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जर अघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 


यद्यपि बैंकको खुद ब्याज आम्दानी ४९.०३% र सञ्चालन नाफा ३६.०८% ले बढेका हुन् । १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी