काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो ।
यस विषयमा उनले कन्चनपुरमा बोलेका छन् । ४० मिनेटको लामो उनको भाषणमा उनले पटक पटक आफ्नो बचाउ गरेका छन् । उनले यति लामो भाषण गरे कि स्टेजमै रहेका अथितिहरुसमेत निन्द्राले झुप झुप भएका थिए।