×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुसकाण्ड बाहिरिएपछि मन्त्री बास्कोटाद्वारा राजिनामाको तयारी, प्रधानमन्त्रीसँग परामर्श लिँदै ! अव के हुन्छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

घुसकाण्ड बाहिरिएपछि मन्त्री बास्कोटाद्वारा राजिनामाको तयारी, प्रधानमन्त्रीसँग परामर्श लिँदै ! अव के हुन्छ ?

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएसँगै मन्त्री बास्कोटाले राजिनामाको तयारी गरेको बुझिएको छ । उनी निकट स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणमा स्पष्टीकरण दिनुभन्दा पनि राजिनामा दिनु ठिक भन्ने धेरै नेताहरुको सुझावपछि यस्तो तयारी भएको छ । स्रोतका अनुसार उनले यस विषयमा प्रधानमन्त्रीसँग पनि सल्लाह लिने तयारी गरेका छन् ।एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । 
मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः
-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
-मन्त्री गोकुल बास्कोटाः ह…
-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ। 
-मन्त्री गोकुल बास्कोटाः ठीक छ।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो। 
-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु। 
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?
-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा 
-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?
-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो। 
-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी। 
-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?
-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ। 
-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने… 
-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..
-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी